प्राइम खबर संबाददाता | कात्तिक १५, २०७८ सोमबार
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर एक अन्तर्गत पर्ने विकट गाउँ जरुवाकी ज्ञानमाया बम्जनले ७३ बर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छिन् ।
आर्थिक अवस्था निकै नै नाजुक रहेकी बम्जनले चन्द्रपुर वडा नंबर १ का नेकपा माओवादी केन्द्रका वडा संयोजक सुकेन्द्र गोलेको विशेष पहलमा नागरिकता पाएकी हुन् ।
सोमबार बम्जनलाई ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा ल्याएर सम्पुर्ण प्रक्रियाहरु पुर्याई नागरिकता दिलाएको गोलेले जानकारी दिएका छन् । ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका शाखा अधिकृत हेमराज फुयाँलको बिषेश सहयोगमा बम्जनलाई नागरिक्ता दिलाउन सफल भएको गोलेको भनाई रहेको छ ।
७३ बर्षकी बम्जनले मर्ने बेलामा नागरिता पाएर मर्ने इच्छा रहेको हुँदा सो धोको पूरा भएको अनुभूति उनले गरिन् । उनले नागरिकता बनाउन पहल गरिदिने सबैलाई धन्यवाद दिएकी छिन् ।
नेकपा माओवादी केन्द्र चन्द्रपुर एक नम्बर वडा समिती संयोजक गोलेले आफ्नो वडाका नागरिकहरु देशको नागरिक भएर पनि नागरिकता विहिन हुन पुगेका अवस्थामा सहयोग गर्दै आएका छन् उनकै पहलबाट गत साल ७८ वर्षीय सञ्चमया तामाङले लामो संघर्षका बावजूद नागरिकता प्राप्त गरेकी छिन् ।