प्राइम खबर संबाददाता | माघ २१, २०७७ बुधबार
प्रचण्ड नेपाल समूहले भोलि आमहड्ताल गर्ने घोषणा गरेको छ । यसबारे जानकारी गराउनका लागि नेकपा पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।
पत्रकार सम्मेलनअघि नेकपाका शीर्ष नेताहरु पार्टी कार्यालयमा छलफलमा जुटेका छन् । भोलिको आमहड्तालमा एम्बुलेन्स,दमकल, दूध,औषधि, अत्यावस्यक सवारी,विद्यार्थी लगायत परीक्षा दिने विद्यार्थीहरुलाई परीक्षामा जानका लागि प्रवेश पत्र दिएर जानसक्ने बताइएको छ ।
आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्द रहने भएकाले यो नेपाल बन्दजस्तै विरोध प्रदर्शन हो । ओलीले गरेको संवैधानिक आयोगको पदाधिकारी नियुक्ति र बुधबार शपथ भएपछि त्यसको विरुद्ध भोलि आमहड्ताल हुने भएको हो ।
केन्द्रीय कार्यालयको सर्कुलर सँगै रौतहट जिल्लामा पनि ओली सरकारको संवैधानिक आयोगहरुको नियुक्तिको विषयलाई लिएर असहमति जनाउँदै आम हड़ताल गर्न लागिएको नेकपा रौतहट जिल्ला इन्चार्ज युवराज भट्टराई समीरले जानकारी दिएका छन् । घोषित हड्तालमा परीक्षामा सामेल हुने विद्यार्थीहरुले परीक्षा प्रवेश पत्र देखाएर जानसक्ने नेकपाको भनाइ रहेको छ ।