प्राइम खबर संबाददाता | कात्तिक १७, २०७८ बुधबार

   यस वर्षको भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कात्तिक २० गते शनिबार बिहान ११ बजेर २ मिनेटमा यमद्धितीया भाइटिकाको उत्तम साइत रहेको जानकारी दिएको हो । दशै र भाइटिकाको उत्तम साईत सार्वजनिक गर्दै आएको पञ्चाङ्ग निर्णायक समितिले तिहारपर्वका विभिन्न दिनका साइतहरु बारेमा पनि जानकारी दिँदै आएको छ ।