सन्तोष काफ्ले | कात्तिक २१, २०७८ आइतबार

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रौतहटका प्रभावशाली युवानेता मुकेश कुमार गुप्ताले आउँदै गरेको छठ पर्वमा व्रत बस्ने व्रतालु विपन्न महिलाहरूलाई एक एक जोर साडी वितरण गरेका छन् ।


जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर १० स्थित परडिया, नयाँ टोल परडिया र बेलवा टोलका ६७ घरपरिवारलाई एक एक जोर साडी वितरण सहित शुभकामना दिन घर दैलोमा पुगेको नेता गुप्ताले बताएका छन् ।



यसैगरी नेता गुप्ताले सोही वडाको बालचनपुर, बक्तौरा र घागिटोलमा गरी लगभग एकसय ७ अती विपन्न वर्गका महिलाहरुलाई एक एक जोर साडी वितरण गरेका छन् ।

आईतबार नेकपा माओवादी केन्द्र चन्द्रपुर वडा नम्बर १० वडा समितिको समन्वय र युवानेता गुप्ताको व्यक्तिगत सहयोगमा वडाका माओवादी केन्द्रका नेता कार्यकर्ताको सहभागितामा छठ पर्वको अवसरमा शुभकामना सहित उपहार स्वरूप एकसय ७४ थान साडी वितरण गरिएको युवानेता गुप्ताले बताएका छन् ।



नेता गुप्ता विद्यार्थी राजनीति देखि नै सक्रिय राजनीतिमा लागेका जिल्लाका प्रभावशाली युवानेता को रूपमा परिचित छन् । पार्टीमा समेत राम्रो पकड बनाएका नेता गुप्ता सामाजिक कार्यमा अग्रसर मानिने हुँदा सो वडामा समेत उनको पकड राम्रो रहेको स्थानीयहरु बताउँछन् ।