प्राइम खबर संबाददाता | कात्तिक २२, २०७८ सोमबार

चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित रहेको डाबरी पर्यटकीय स्थलमा छठ पर्व मनाउने श्रद्धालु भक्तजनलाई पानीको श्रोत रहेको डाबरी पर्यटकीय क्षेत्रमा सरसफाई गरिएको छ ।
सोमबार सोही वडाका वडाध्यक्ष खड्ग बहादुर कुसवारको उपस्थितीमा स्थानीय एबम् प्रहरीको उपस्थितिमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो । चन्द्रनिगाहपुर बजार स्थित क्याम्पस चोक देखि पश्चिम बाटो हुँदै डाबरी सम्मको बाटो स्थानीयको सहयोगमा सरसफाई गरिएको वडा अध्यक्ष कुशुवारले बताए । 
डाबरीमा रहेको जरुवापानी नजिक रहेको पानी पोखरीमा समेत सरसफाई गर्दै वरपरका झाडी एबम् फोहोरहरु सरसफाई गरी व्रतालु भक्तजनको लागि स्थान मिलाइएको कुशुवारको भनाइ रहेको छ ।   स्थानीय समाजसेवी  विष्णु महतोको पहल एबम् लगानीमा डाबरीमा  छठ पूजाको निम्ति तलाउ छेउमा दुई थान मठ समेत स्थापना भएको  स्थानीयले बताए । 
डाबरीमा नै छठघाट स्थापना हुने भएपछि आन्तरिक पर्यटन प्रवद्र्धन एबम् उक्त स्थान पर्यटकीय स्थल सँगै धार्मिक स्थलको रूपले समेत चिनिने भएपछि सो क्षेत्रको स्थानीय युवाहरु उत्साहित भई सरसफाई कार्यमा लागि छठघाट निर्माण कार्यमा जुटेका डाबरी टोलका स्थानीय गोपाल चौलागाईको भनाइ रहेको छ ।