प्राइम खबर संबाददाता | कात्तिक २३, २०७८ मंगलबार
आस्थाको महापर्व छठको तेस्रो दिन आज मंगलबार बर्तालुहरु ‘खरना’ विधिको तयारीमा जुटेका छन्। पर्वको पहिलो दिन कात्तिक शुक्ल तृतीयामा ‘अरबा(अरबाइन’ र चौथीका दिन हिजो सोमबार ‘नहाय(खाय’ सम्पन्न गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’को तयारीमा लागेका छन्।
आज बिहान स्नान गरी दिनभर निराहार उपवास ९ब्रत० बसेर राति सख्खरमा पकाइएको खीर कूलदेवता र छठीदेवीलाई चढाई बर्तालुले त्यही खीर खाने गर्दछन्। यो विधिलाई ‘खरना’ भनिएको हो।
श्रद्धा, निष्ठा र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठपर्वको ‘खरना’का दिन दिनभर उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाउने र त्यसलाई केराको पातमा राखेर छठी मातालाई चढाएर मात्र बर्तालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा खाने गर्छन्। आज दिनभर उपवास गर्ने बर्तालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्दैछन्।
त्यसैगरी, सप्तमीका दिन बिहान बर्तालुले उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिएर पर्व समापन गर्ने प्रचलन छ। उदाउँदो सूर्यलाई दिइने अघ्र्यलाई ‘भोरका अरख’ भन्ने प्रचलन रहिआएको छ ।