प्राइम खबर संबाददाता | कात्तिक २५, २०७८ बिहिबार

राष्ट्रिय जनगणना २०७८ अभियान अन्तर्गत रौतहटका उत्तरी भेगका तीन पालिका चन्द्रपुर, गुजरा र बृन्दावन नगरपालिकाको गणना कार्य शुरु भएको छ ।
जिल्लाको चन्द्रनिगाहपुरमा बिहिबार एक कार्यक्रमको आयोजना गरि गणनाको शुरुवात भएको चन्द्रपुर नपाका जनगणना प्रमुख नेसरे आलमले बताएका छन् ।
चन्द्रपुरमा र्याली सहित सो कार्यक्रम को शुभारम्भ गरीएको उनले बताए ।  कार्यक्रममा चन्द्रपुर नगरपालिकाको उपप्रमुख रामरति चौधरी , इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक लिलाराज लामिछाने लगाएत कर्मचारी , स्थानिय एबम् गणकहरुको समेत सहभागिता रहेको थियो ।