प्राइम खबर संबाददाता | कात्तिक २५, २०७८ बिहिबार
रौतहटको पर्यटकीय स्थल नुनथर स्थित बागमती खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ३ हरिहरपुर घर भएका १८ वर्षीय नवराज लामा रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिएका छन् ।
डुबेर बेपत्ता भएको लामालाई करिब २५ मिनेटपछि स्थानिय र प्रहरीको सहयोगमा खोलाबाट उद्धार गरेर उपचारको लागि चन्द्रपुर अस्पताल प्रा.लिमा ल्याउँदा चिकित्सकहरुले मृत घोषित गरेका हुन । मृत लामाको शवलाई पोष्टमार्टम पश्चात परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।