प्राइम खबर संबाददाता | कात्तिक २६, २०७८ शुक्रबार

रौतहट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाबाट प्रहरी सहायक निरीक्षक बडाबाबु यादवको कमाण्डमा खटिएका टोलीले गौर नगरपालिका वडा नम्बर ४ मा अवस्थित सिवाङ्गी पेट्रोल पम्प अगाडि रोकेर राखेको ट्रकबाट १ सय ८६ किलो गाँजा बरामद गरेको हो ।


ना ६ ख ५९४३ नम्बरको मिनी ट्रकबाट १२ वटा पोकामा राखिएको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नारायणप्रसाद चिमोरियाले बताए ।



लागूऔषध गाँजा सहित पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिकाका सुरेन्द्र गोले र रितम तामाङ भएको डी एसपी चिमरियाले बताए । ट्रकको चेसिस भित्र गाँजा लुकाएर ल्याएको अवस्थामा प्रहरीले सुराकीको आधारमा सो परिमाणको लागूऔषध गाँजा बरामद गरेको हो ।