प्राइम खबर संबाददाता | माघ २१, २०७७ बुधबार

काठमाडौं दैनिक रुपमा सञ्चालित उद्योग, पेसा, व्यवसायमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट सुरक्षा व्यवस्था गर्ने भएकोले सार्वजनिक यातायात सञ्चालन गर्न गृह मन्त्रालयले आग्रह गरेको छ।
नेकपा प्रचण्ड-माधव समूहले २२ गते गरेको आम हड्ताल घोषणाको अघिल्लो दिन साँझ मसाल जुलुस, बिहीबार गरिने आम हडतालप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कानुनविपरीत शान्ति सुरक्षामा खलल पुगे र सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड भए कानुनबमोजिम कार्वाही गरिने मन्त्रालयले बुधवार साँझ सार्वजनिक गरेको विज्ञप्तिमा बताइएको छ।
नेकपा प्रचण्ड–माधव पक्षका नेता नारायणकाजी श्रेष्ठले सरकार संविधान, कानुन र राजनीतिक संस्कृतिलाई उल्लंघन गर्दै देशमा गुण्डा राज र फासीवाद लाद्न लागिपरेको आरोप लगाउँदै संवैधानिक आयोगहरुको नियुक्तिमा भएको अवैधानिक नियुक्तिको विरोध गर्दै बुधबार पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा नेता श्रेष्ठले सरकारको अधिनायकबाद कदमका विरूद्ध सशक्त आन्दोलन गर्न आवश्यक रहेकाले बाध्यतावश आम हडताल घोषणा गर्नुपरेको बताएका थिए ।