प्राइम खबर संबाददाता | कात्तिक २६, २०७८ शुक्रबार

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाका एक मनकारी वडा अध्यक्षले मृतकका परिवारलाई अत्यावश्यक विभिन्न खाद्य सामग्री सहयोग गरेका छन्।


विहिवार पवित्र पर्व छठको अवसर पारेर चन्द्रपुर ५ बस्ने दिल्ली माया राई लाई चन्द्रपुर वडा नंबर ५ का वडा अध्यक्ष सञ्जय काफ्लेले खाधान्न सामग्रीहरू सहयोग गरेका छन्। केही दिन अघि सोही वडा बस्ने सुरेन्द्र राईको मृत्यु भएपछि ज्यालादारी गरी मजदूरी गर्ने मृतक सुरेन्द्रको परीवारलाई वडा अध्यक्ष काफ्लेले सहयोग गरेका हुन् ।



पारिवारिक अवस्था निकै कमजोर भएकोले मृतककी श्रीमती र सन्तानलाई केही सहज होस् भन्ने उद्देश्यले काजकिरिया को निमित्त आवश्यक पर्ने खाद्यसामग्री सहयोग गरेको अध्यक्ष काफ्लेले बताए । साथै उनीले आगामी दिनमा अझै ठूलो सामूहिक कोष खडा गरी विपन्न बस्तीको लागि वडा स्तरिय योजना बनाई सुरक्षित आवासको समेत व्यवस्थापन गर्ने बताए ।