प्राइम खबर संबाददाता | मंसिर १, २०७८ बुधबार
सर्लाही जिल्लाको ईश्वरपुरमा सवारी दुर्घटनामा परि दुई युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको ईश्वरपुर नगरपालिका १२ का २२ वर्षीय सुरज मुर्मथान मगर र सोही स्थान बस्ने मुकेश निमेल रहेका छन्।
जिल्लाको ईश्वरपुर नगरपालिका वडा नम्बर १२ घारीबथान स्थित भित्री सडक खण्डमा अनियन्त्रित भई प्रदेश २–०३–००४ प ९५३९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाईकलमा सबार उनीहरु दुवै जना गम्भीर घाइते भएकाहरुको उपचारको निम्ति लैजादै गर्दा मगरको बाटोमा नै मृत्यु भएको र अर्का घाईते निमेलको बिरगंजमा मृत्यु भएको सर्लाहीका प्रहरी प्रबक्ता माधव प्रसाद बुढाथोकीले जानकारी दिएका छन् ।
मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किँदा टाउकोमा गम्भीर चोट लागेका मगरलाई उपचारको लागि गढीमाई अस्पताल लालबन्दी ल्याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
बुढाथोकीका अनुसार निेर्मेललाई दाहिने तिघ्रा भाँचिएर टाउकोमा गम्भीर चोट लागेको थियो। उनको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचारकै क्रममा मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।