प्राइम खबर संबाददाता | मंसिर १, २०७८ बुधबार
नेकपा माओबादी केन्द्र निकट प्रेस सेन्टर नेपाल रौतहटको दोश्रो जिल्ला अधिबेशनबाट अध्यक्ष पदमा सर्वसम्मत डिल्ली बहादुर कार्की (सुब्बा) चयन भएका छन् । जिल्लाको चन्द्रनिगाहपुरमा भएको अधिवेशनबाट कार्की अध्यक्षमा सर्बसम्मत चयन भएका हुन् । यसैगरी, सेन्टरको उपाध्यक्षमा ओमकिशोर चौधरी, समावेशी उपाध्यक्षमा रचना काफ्ले, सचिवमा रमेश कुमार यादव, सह सचिवमा मञ्जु ठाकुर र कोषाध्यक्षमा बिजय साह सर्वसम्मत चयन भएका हुन् ।