प्राइम खबर संबाददाता | मंसिर १, २०७८ बुधबार

रौतहट जिल्लाको सदरमुकाम गौरमा अवस्थित रहेको जिल्ला कारागारमा एकजना कैदीले आत्महत्या गरेका छन् । जवरजस्ती करणी , अपहरण र शरिर बन्दकको मुद्दामा २१ वर्ष कैद सजाय भोगिरहेका २४ वर्षीय लडाइ साहले आत्माहत्या गरेका हुन् । कारागारको शौचालयमा डोरीको पासो लगाएर बुधवार आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी उपरिक्षक बिनोद घिमिरेले जानकारी दिएका छन् ।


मृतक साह देवाही गोनाही नगरपालिका वडा नम्बर ५ का स्थानीय बासिन्दा रहेको र उनले किन आत्महत्या गरेको भन्ने अझैसम्म नखुलेको प्रहरीले बताएको छ । डोरीको पासो लगाएर आत्माहत्या प्रयास गरेका साहलाई गौर अस्पताल पुर्याए लगतै अस्पतालले मृत घोषणा गरेको थियो । गौर कारागारका प्रमुख शम्भु प्रसाद यादवले २ वर्ष कैद सजाय भुक्तान गरिसकेका मृतक साहले धेरै वर्ष कैद सजाय भ‌एकाले डिप्रेसनमा परेर आत्महत्या गरेको हुनसक्ने अनुमान गरेका छन् ।