प्राइम खबर संबाददाता | मंसिर ४, २०७८ शनिबार

रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा अवस्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।


चन्द्रपुर वडा नंबर ४ मा अवस्थित सो संस्थाको ११ औँ वार्षिक साधारण सभा संस्थाको कार्यालय परिसरमा शनिबार सम्पन्न भएको हो ।



बचत गर्ने बानी बसालौ सुनौलो भविष्य निर्माण गर्ने आधार तय गरौं भन्ने मूल लक्ष्यका साथ सो संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको हो । उक्त साधारण सभाको उद्घाटन गर्दै चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अमर आलेले हातेमालो बचत तथा ऋण सहकारी संस्थाले निम्न आय श्रोत भएकाहरुको लागि सहुलियत ब्याजदरमा ऋण दिने गरेको कारण समेत आफ्नो छुट्टै पहिचान बनाएको प्रति सो संस्था निकै लोकप्रिय बनेको बताए । बैंकको चर्को ब्याजदरका कारण निम्न आय श्रोत भएकाहरुको सारथी को रूपमा सहकारी संस्था स्थापना भएको हुँदा सहकारीको प्रवद्र्धन एबम् विस्तारमा स्थानीय सरकारले समेत विशेष नीति बनाउनुपर्ने सो संस्थाका अध्यक्ष बिर वहादुर राना मगरले बताए ।



यसैबीच हातेमालो साकोसले आफ्नो नयाँ कार्यालयको समेत उद्घाटन गरेको छ । ११ औँ साधारण सभाको अवसर पारेर कार्यालयलाई परिमार्जित एबम् परिष्कृत गर्दै आधुनिक देकोरेशन सहितको कार्यालयको वडा अध्यक्ष आलेले उद्घाटन गरेका हुन् ।

कार्यक्रमममा संस्थाका अध्यक्ष बिर बहादुर राना मगर लगायत पदाधिकारीहरु नरेश लामिछाने,विकास महत, के. बी. थापा, सुमित्रा थापा, केशव खड्का, चन्द्रपुर नगर उद्योग वाणिज्य संघ शाखाका पूर्व अध्यक्ष वाशुदेव अधिकारी लगायत संस्थाका सेयर सदस्यहरूको उलेख्य मात्रामा सहभागिता रहेको थियो ।