प्राइम खबर संबाददाता | मंसिर ८, २०७८ बुधबार
रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा बाल-विवाहको अवस्था र हाम्रो दायित्व सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
साथ -साथ सिकाई संजाल रौतहटको आयोजना एबम् कोकापको सहयोगमा चन्द्रनिगाहपुर स्थित एक होटलको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले पानसमा बती बालेर कार्यक्रको उद्घाटन गरेका हुन् । कार्यक्रममा मन्तव्य राख्दै प्रधानले रौतहटमा बाल विवाह दिनानुदिन बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै कानुनी रुपमा संयन्त्र तयार पारी न्यूनीकरण तर्फ लाग्नुपर्ने बताएका छन् ।
यसका साथै प्रधानले बाल विवाह सामाजिक रुपमा अपराध भएको भन्दै अभिभावकहरु मुख्य रुपमा आफनो घरमा भूमिका खेल्नुपर्ने, अभिभावक जानकार र सचेत हुनुपर्ने, उमेर नपुगेको बाल विवाह नगराउने र विशेष गरी सचेतना अभिवृत्ती गराउने किसिमका कार्यक्रमहरुबाट बालविवाह न्युनिकरण एबम् रोकथाम गराउन सकिने सुझाव प्रस्तुत गरेका थिए ।
यस्तै कार्यक्रमका बिशिस्ट अतिथि इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक अरबिन्द साहले प्रहरी प्रशासनमा बालविवाहका उजुरी न्यून मात्रामा आउने गरेको र आए पनि दुवै पक्षबाट मुद्धा हाल्ने विषयबाट जोगिन खोजेको बताए ।
यस्तै कार्यक्रममा को-क्यापका प्रदेश २ सचिव महिला अधिकारकर्मी देवकी नेपालले सबै निकायहरु आ आफनो स्थानबाट लाग्नुपर्ने आजको आवश्यक्ता रहेको भन्दै मुख्य कुरा शिक्षित र प्रशिक्षित गराउनुपर्ने कुरामा विभिन्न सरोकारवाला निकायले विशेष जोड दिनुपर्ने बताए।
कार्यक्रममा को क्यापका प्रदेश २ फोकल पर्सन अम्बिका पौडेलले बाल विवाह भनेको के हो ? रौतहटमा बालविवाह र नेपालको अवस्था, बाल विवाह सम्बन्धी कानुनी प्रावधानहरु, बालविवाहका कारणहरु, बालविवाहका असरहरु, बाल विवाहले असर पार्ने क्षेत्र, बालविवाहका चुनौतीहरुका बारेमा जानकारी गराएका थिए ।
बालविवाह धार्मीक, सामाजिक, साँस्कृतिक, परम्परा अनुसार अभिभावकले विवाह गरेको, गरिबी, असुरक्षा, उचित मार्गदर्शनको अभाव, घरेलु हिंसा र दुव्र्यवहार, पारिवारीक अखण्डता जस्ता कुराले बालविवाह बढ्दै गएको विषयमा जानकारी दिईएको थियो।
साथ-साथ सिकाई संजाल रौतहटका अध्यक्ष कमल ढकाल घिमिरेको सभाध्यक्षमा सम्पन्न कार्यक्रमको संचालन इन्सेक रौतहटका संयोजक कोपिला तिमल्सिनाले गरेकी थिइन् । कार्यक्रममा सामाजिक अगुवा, महिला अधिकारकर्मी र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।