प्राइम खबर संबाददाता | मंसिर ११, २०७८ शनिबार

नेकपा माओवादी केन्द्र चन्द्रपुरको प्रथम नगर  सम्मेलनले टिका बहादुर आचार्यको अध्यक्षतामा ६५ सदस्यीय कार्यसमिति चयन गरेको छ । बुधबार नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज युवराज भट्टराई (समिर) को प्रमूख आथित्यतामा भएको भेलाले आचार्यको अध्यक्षतामा ६५ सदस्यीय चयन गरेको हो । 
चन्द्रनिगाहपुर स्थित एक होटलमा भएको सम्मेलनले सो पार्टीको उपाध्यक्षमा  तीनजनालाई चयन गरेको छ । उपाध्यक्षहरु तीनैजना पुरुष मात्र रहेका छन । तीनजना उपाध्यक्ष रहेको कमिटीमा महिला भने एकजना समेत अटाउन नसक्नु दुःखद भएको कार्यक्रममा सहभागी एक महिला कार्यकर्ताले बताइन् ।  सचिव सरोज  बछार रहेको कमिटिको कोषाध्यक्षमा  मिना कुमारी जर्घा सहित ६५ जनाको कार्यसमिति चयन गरेको हो ।


उद्घाटन समारोहमा बोल्दै प्रमूख अतिथी युवराज भट्टराईले व्यवस्था बदलिए पनि जनताको जिवन स्तर नवदलिएका कारण माओवादी केन्द्र जनताको जिवनस्तर बदल्न लागि पर्नु पर्नेमा जोड दिएका छन् । नव गठित कमिटी प्रति असन्तुष्टी जनाउँदै केही पुराना माओवादी कार्यकर्ताले असन्तुष्टि समेत प्रकट गरेका थिए । केहीले असन्तुष्टी व्यक्त गरेको भएतापनि  आचार्यको सभाध्यक्षतामा भएको उद्घाटन समारोह पछि शनिवार नै भएको बन्दसत्रमा सर्वसम्मत समिति चयन भएको हो ।
 पार्टीको चन्द्रपुर कमिटीमा सर्वसममत चुनिएका अध्यक्ष आचार्यले नगर भेलाले सर्वसम्मत नगर कमिटी बनाएर एक भई अगाडी बढ्न एकताको संदेश दिएकाले सोही अनुसार अगाडी बढ्ने बताए ।  राजनितीक गतिबीधीलाई सक्रियताका साथ अगाडी बढाउन लागि पर्ने र पार्टीका सवै जनवर्गिय संगठनहरुलाई चुस्त र सक्रिय बनाई जनतामाझ राजनितिक गतिबिधी बढाउने पनि बताए । 
यसैगरी जिल्लाको वृन्दावन नगरपालिकाको नगर सम्मेलनबाट मजहर मंसुर को अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन भएको युवा नेता एबम् चन्द्रपुर नगर कमिटीका उपाध्यक्ष चेत बोलखेले बताए ।