प्राइम खबर संबाददाता | मंसिर १६, २०७८ बिहिबार
रौतहट जिल्लाको देबहि गोनानी नगरपालिका स्थित एक विद्यालयको नव निर्मित भवनको उद्घाटन भएको छ ।
बुधवार देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र प्रसाद पटेलले वार्ड नम्बर ३ देबाहि स्थित रहेको श्री सरस्वती माध्यमिक बिधालय देवाहीका नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।
सो विद्यालयको पुरानो भवन जीर्ण बनेपछि नयाँ भवन बनाइएको मेयर पटेलले बताए । कार्यक्रमममा स्थानीय, अभिभावक, विद्यार्थी लगायत स्थानीय नेता कार्यकर्ताको उपस्थित रहेका थिए।