प्राइम खबर संबाददाता | मंसिर १७, २०७८ शुक्रबार

रौतहटसंगै विश्वभर आज ३०औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै छ ।


आज  सुलभ र दीगो कोभिड–१९ पछिको विश्वतर्फ अपाङ्गता भएका व्यक्तिको नेतृत्व र सहभागिता’ भन्ने नारासहित विश्वभर विभिन्न कार्यक्रम गरि ३०औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइदैछ । यस्तै नेपालमा भने ‘हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदैछ ।



संयुक्त राष्ट्र सङ्घले सन् १९८२ को डिसेम्बर ३ तारिखमा अपाङ्गतासम्बन्धी विश्व कार्ययोजना पारित गरेपछि सन् १९९२ देखि अपाङ्गता दिवस मनाउन थालिएको हो ।



संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कले विकासोन्मुख देशमा ८० प्रतिशत जनसङ्ख्यामा अपाङ्गता भएको पाइएको देखाउँछ । अपाङ्गता भएकाहरुले भोग्नु परेको समस्यामाथि छलफलसँगै चुनौतीको समाधान निकाल्न, अपाङ्गता सम्बन्धी जागरण फैलाउन र अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो ।