प्राइम खबर संबाददाता | मंसिर १९, २०७८ आइतबार
नेपालि कांग्रेस सर्लाहीको विवाद बढ्दै गएको छ । संस्थापन पक्षका जिल्ला सभापति नागेन्द्र कुमार राय र इतर पक्षका पूर्व जिल्ला सभापति लक्ष्मण राय पक्ष बीचको आ–आफ्नो अडानले गर्दा अहिलेसम्म भएका वार्ता निष्कर्ष विहिन भएको छ ।
कांग्रेसभित्रको विवाद मिलाई अधिवेशन गराउन जिल्लाका सुरक्षा प्रमुखहरुले समेत पहल गरेका भएता पनि त्यो प्रयास निरर्थक देखिने भएको छ । सर्लाहिको सदरमुकाम मलंगवा स्थित जिल्ला प्रशासन कार्यालयमा शनिबार दिनभर भएको वार्तामा प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी उमेश रन्जितकार समेत सहभागी थिए । तर वार्ताले कुनै ठोस सहमती जुटाउन सकेन ।
निर्वाचन समिति र सुरक्षा प्रमुखहरुले नेताहरु सहमतीमा नआएपछि जसरी पनि अधिवेशन प्रक्रिया अघि बढाउने तयारी गरेका छन् । त्यसका लागि अहिले मलंगवामा प्रमुख जिल्ला अधिकारी, सबै सुरक्षा निकायका प्रमुख, निर्वाचन अधिकृतसहितको छलफल भईरहेको छ।
अब विवाद भएका वडाहरुमा छानबिन अघि बढाउने र बाँकी रहेका अधिवेशनहरु निर्वाचन निर्देशिका बमोजिम अगाडि बढाउने तयारी भइरहेको जनाइएको छ । । सर्लाहीमा बिबादका कारण काग्रेशको वडा अधिवेशन हुन नसक्दा अन्न्र्यौलता कायम नै रहेको छ ।