प्राइम खबर संबाददाता | मंसिर २१, २०७८ मंगलबार

औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्जबाट खटेको टोलीले सर्लाहीमा प्रतिबन्धित एक फार्मेसीमा शिल गरेको छ ।
टोलीले प्रतिबन्धित औषधिको खरिद बिक्रीमा संलग्न भएको भन्दै सरस्वती अस्पतालभित्रको फार्मेसीमा सिलबन्दी गरेको छ ।


अनुमति नभएको औषधि बेचेको पाइएपछि राजीव मेडिकल हललाई सिलबन्दी गरिएको हो । सोमबार औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्जबाट खटेको टोलीले मेडिकलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा सञ्चालकले फार्मेसीको दर्ता प्रमाणपत्र समेत देखाउन नसकेपछि सो मेडिकल हललाई सिलबन्दी गरिएको बताइएको छ।



मेडिकल पसलबाट प्रिगआउट, क्लोबेटा जीएमलगायत १० प्रकारका दर्ता नभएका तथा प्रतिबन्धित औषधि बिक्री हुने गरेको देखिएको र सञ्चालन अनुमति पत्र समेत नभएपछि फार्मेसीलाई तत्कालै शिल गरेर सञ्चालकलाई औषधि व्यवस्था विभाग वीरगञ्जमा सम्पूर्ण कागजातसहित उपस्थित हुन निर्देशन दिएको विभाग शाखा कार्यालय वीरगन्जका डाक्टर चन्देश्वर यादवले बताए ।