प्राइम खबर संबाददाता | मंसिर २४, २०७८ शुक्रबार

रौतहट जिल्लाको क्षेत्र नंबर ४ अन्तर्गतका विभिन्न स्थानहरूमा संघीय संसद देव प्रसाद तिमल्सिनाको पहलमा विभिन्न विकास निर्माणका कार्यक्रमहरूले गति लिएका छन् ।


सडक, बिजुली, नाला, ढल,सामुदायीक भवनहरू, विद्यालय, मठ मन्दिर लगायत कृषि सिंचाईका क्षेत्रमा सांसद तिमल्सिनाले आफ्नो सांसद विकास कोष तथा अन्य दातृ निकायमार्फत विभिन्न विकास योजनाहरू आफ्नो निर्वाचन क्षेत्रमा गर्दै गराउँदै आएका छन् । सांसद तिमल्सीना रौतहटमा नेपाली कांग्रेसका लोकप्रिय नेताको छवि बनाएका नेता मानिन्छन्।



सामान्य जीवन व्यतितित गर्नमा र आफूलाई अधिकांश गाउँ घर तिरै जनताको घर दैलोमा पुगेर भेटघाटमा नै दिनचर्या बिताउने सांसद तिमल्सीना सुख दुःख को सारथी बनेका स्थानीयहरु बताउँछन् ।

पछिल्लो समय रौतहटका विभिन्न स्थानहरूमा कृषि उत्पादन एबम् आत्मनिर्भरताको निम्ति किसानहरूले लगाउने बालीनालीमा सिंचाईको पर्याप्त श्रोत नहुँदा ठूलो समस्या भोग्दै आएका कारण समस्यामा परेका किसानलाई राहत पुर्याउने एबम् सिंचाईको निमित्त सहज रूपले पानी को व्यवस्थापन गर्न आफ्नो निर्वाचन क्षेत्रका पाँच स्थानहरूमा डिप बोरिङ जडान गराएका छन् । उक्त कार्यले किसानहरु निकै नै खुशी एबम् हर्षित हुँदै सांसद तिमल्सिनाको प्रशंसा गर्न लागेका छन् ।



यसैबीच चन्द्रपुर वडा नंबर ६ स्थित बेल्डी टोलमा पनि एमाले नेता बालकृष्ण सापकोटाको पहलकदमी एबम् सांसद तिमल्सिनाको विशेष समन्वयमा डिप बोरिङ जडानको कार्य भएको छ ।

सो स्थानका स्थानीय जनताहरू लाभान्वित हुने भएपछि भ्रमको खेती गर्दै केही स्थानीय माओवादी नेता कार्यकर्ता उक्त कार्यको जस् लिन लागेपछि डिप बोरिङ बारे एमाले नेता सापकोटाले मुख खोलेका छन् ।

स्थानीय माओवादी नेता कार्यकर्ताको सेल्फि मोह र उक्त डिप बोरिङको येथार्थ बारे विहिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन् “ काम गर्ने कालु मकै खाने भालू  वडा नम्बर ६ “ भनेर माओवादी कार्यकर्ताहरुको मुख बन्द गरिदिएका हुन्। सापकोटा एमाले नेता प्रभु साह का पूर्व स्वकीय सचिव समेत हुन् ।