प्राइम खबर संबाददाता | पुस २८, २०७८ बुधबार

मकवानपुर प्रहरीले एकसय ८३ किलो लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । जिल्लाको भीमफेदी गाउँपालिका भैसेस्थित प्रहरी चेकपोस्टबाट उक्त परिमाणको गाँजासहित एक युबक पक्राउ परेका छन् । पक्राउ पर्नेमा  थाहा नगरपालिका वडा नम्बर २ निवासी ३० वर्षीय रामचन्द्र सिंतान रहेका छन् । 


बिशेष सूचनाको आधारमा सोमबार साझ जिल्ला प्रहरी कार्यालय मकवानपुबाट खटिएको बिशेष टोली र प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी चेकिङ्ग टोलिले भिमफेदी गाउँपालिका २ भैंसे स्थित चेक पोष्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा मकवानपुरको पालुङ तर्फबाट हेटौडा आउँदै गरेको प्रदेश ३(०१(००२२ च ३५५६ नम्बरको पिकअप गाडिलाई  चेकजाँच गर्ने क्रममा लागु औषध गाँजा फेलापरेको प्रहरीले जनाएको छ ।



 प्रहरीले उक्त सबारी चालक स्याङ्तानलाई गाडीसहित नियन्त्रणमा लिई  थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।