प्राइम खबर संबाददाता | माघ २७, २०७७ मंगलबार

विघटित प्रतिनिधि सभाकी सांसद समिना हुसेनले आफू प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने असंवैधानिक कदमविरुद्ध रहेको स्पष्ट पारेकी छन् । केपी ओली समूहको कार्यक्रममा सहभागिता जनाउँदै सोही समूहमा खुलेरै लागेकी हुसेन  नेकपाको प्रचण्ड-माधव नेपाल पक्षमै फर्किएकी छन्।
संसद विघटनपछि केपी ओली समूहकि प्रभाव साली  नेतृृ भनेर  चिनिने संसद  हुसेनले मंगलबार विज्ञप्ति जारी गरेर उक्त समूह छाडेको सन्देश दिएका हुन्। उनी नेकपाको समानुपातिक सूचीबाट सांसद भएका थिइन्। उनले प्रधानमन्त्री ओली पक्षले विभिन्न प्रलोभन दिने गरेको र कुनै पनि प्रलोभनमा नपर्न समेत अन्य  कार्यकर्ताहरुसँग आग्रह समेत गरेकी छन्। उनको यो विज्ञप्ति पश्चात रौतहटमा उनलाई सही निर्णय गरेको भन्दै अधिकांश कार्यकर्ताले उनको निर्णय स्वागतयोग्य भन्दै प्रशंसा समेत गरेका छन् ।



‘केपी ओली गुटले विभिन्न भ्रम सिर्जना गरी म जस्ता कार्यकर्तालाई विभिन्न कार्यक्रममा सहभागी गराउने षड्यन्त्र गरिरहेका छन्। म नेपाल कम्युनिष्ट पार्टी नेकपाका सम्पूर्ण कार्यकर्ता, मुस्लिम समुदाय मधेसी समुदाय, महिला र विशेषगरी प्रदेश २ र रौतहटवासी सम्पूर्ण श्रमजीवी जनताहरुमा निर्धक्कसँग सबै खाले भ्रम चिर्दै केपी ओलीको असंवैधानिक, अलोकतान्त्रिक कदमका विरुद्धमा चालिएका आन्दोलनहरुमा सहभागी हुन र सत्ताको कुनैपनि प्रकारको प्रलोभनमा नफस्न हार्दिक अनुरोध गर्दछु,’ उनको विज्ञप्तिमा उल्लेख छ ।