प्राइम खबर संबाददाता | माघ २८, २०७७ बुधबार
काठमाडौं बुधबार राती १२ बजेदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २/२ रुपैयाँले बढाएको हो । यो सँगै काठमाडौं उपत्यकामा पेट्रोल १ सय १२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ भने एलपी ग्यास प्रति सिलिन्डर २५ रुपैयाँले महँगिएर १ हजार ४ सय रुपैयाँ पुगेको हो ।
अन्तराष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि मूल्य बढाउनु परेको निगमले जनाएको छ । बढाइएको मूल्यमा बिक्री गर्दा पनि पेट्रोल, डिजेल र एलपी ग्यासमा घाटा नै रहेको निगमको विज्ञप्ति मा उल्लेख छ।