प्राइम खबर संबाददाता | माघ १०, २०७८ सोमबार
रौतहटको चन्द्रनिगाहपुरबाट प्रकाशनमा आएको तपाईको पत्रिका दैनिकले सोमबारबाट विधिवत् रूपमा दैनिक पत्रिका प्रकाशन को सुरुवात गरेको छ ।
उक्त दैनिक पत्रिकाको पहिलो अंक एक कार्यक्रमका बीच नेपाल पत्रकार महाँसघका केन्द्रिय सदस्य शिव पुरीले विमोचन गर्दै औपचारिक रूपमा शुभारम्भ गरेका हुन ।
आयोजित कार्यक्रममा रौतहटको पत्रकारिता जगतमा छापा माध्यममार्फत समाजका सवैखाले आवश्यकतामा सकारात्मक प्रभाव झल्कदै आगामी दिनमा आफ्नो काम र कार्यमा पत्रिका अघि बढेर समाज रुपान्तरणमा तपाईंको पत्रिकाको भूमिका महत्वपूर्ण रहोस् भन्ने शुभकामना प्रमुख अथिती पुरीले ब्यक्त गरेका छन् । पत्रिकाको विमोचन कार्यक्रममा विभिन्न संघ संस्था एबम् कार्यालयका प्रतिनिधि लगायत संचारकर्मीको समेत सहभागिता रहेको सोही पत्रिकाका सम्पादक मानोज तिमल्सिनाले बताए ।