प्राइम खबर संबाददाता | माघ १२, २०७८ बुधबार
मधेश प्रदेशको राजधानी जनकपुरमा हरिवन नगरपालिकाको गाडीमा तोडफोड भएको छ।
सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख र उपप्रमुख सवार गाडीमा सीके राउत नेतृत्वका जनमत पार्टीका कार्यकर्ताहरुले तोडफोड गरेका हुन् ।
नगर प्रमुख गणेश प्रसाईँ र उपप्रमुख रेणुका पौडेल सवार प्रदेश २-०३-००१ झ ००२० नम्बरको सरकारी नम्बर प्लेटको गाडीमा जनमतका कार्यकर्ताले तोडफोड गरेका हुन।
बुधबार भएको राष्ट्रिय सभाको निर्वाचनमा भाग लिन गएका नगरप्रमुख र उपप्रमुख सवार गाडीमा तोडफोड भएको हो । पछिल्लो समय सिके राउत नेतृत्वको जनमतका कार्यकर्ता अराजक गतिविधि तर्फ उन्मुख हुँदै सवारी तोडफोड र आगजनी तर्फ लागेका छन् ।