प्राइम खबर संबाददाता | माघ १३, २०७८ बिहिबार

बारामा मोटरसाईकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।


बारा जिल्लाको कलैयाबाट विरगन्ज जादै गरेको बीआर ०५ एआर ५१५१ नम्बर को भारतीय गाडीले विपरीत दिशाबाट आउँदै गरेको ना ८ प ८८६३ नम्बरको मोटरसाईकललाई बुधबार साझ ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।



 दुर्घटना कलैया विरगन्ज सडकखण्ड अन्तर्गत सिसहनीयामा भएको प्रहरीले जनाएको छ  ।  मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर ५ बस्ने ५५ वर्षीय शितल साह र ४० वर्षीय नरेश साह रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिएका छन् । मोटरसाईकलमा सबार दुबैजना दाजुभाई हुन् ।