प्राइम खबर संबाददाता | माघ १३, २०७८ बिहिबार
युवा नेता एवम् समाजसेवी मुकेश कुमार गुप्ताले चिसोका कारण कठ्याङ्ग्रिएर जिविकोपार्जन गर्दै आएका विपन्न एबम् जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गरेका छन् ।
विहिबार नेकपा माओवादी केन्द्र रौतहटका प्रभावशाली युवा नेता गुप्ताले चन्द्रपुर नगरपालिका वडा नम्बर १० का फरक क्षमता भएका, असाहय एबम् विपन्न जेष्ठ नागरिकहरुलाई आफ्नो व्यक्तिगत सहयोगमा जनही एक एक थान कम्बल वितरण गरेका हुन् । नेकपा माओवादी केन्द्र वडा कार्य समितिको समन्वयमा वडा नम्बर १० को बालचनपुर, परडिया,नयाँटोल, परडिया, बेलवाटोल, हसनपुर,ओलार टोल, प्रततिटोलमा गरि ३ सय ६८ थान कम्बल वितरण गरिएको युवानेता गुप्ताले बताए ।
वडाका नागरिकहरुलाई जीवन जिउने आधारभुत आवस्यकताबाट बन्चित भएका र मानवीय संकटको सामाना गरिरहेका अपांग ,वृद्ध ,एकल महिला तथा असक्त जनताहरू लाई लक्षित गरी कम्बल वितरण गरिएको नेता गुप्ताको भनाइ रहेको छ । वडा नम्बर १० निवासी युवा नेता गुप्ता पछिल्लो समय समाजसेवामा निकै सक्रिय रूपले लागि परेका माओवादीका युवानेता हुन् । यस अघि पनि विभिन्न समयमा सो वडाका नागरिकहरुलाई राहत एबम् सहयोग सामग्री वितरण गरेका उनले छठ पर्वको अवसरमा वडाका व्रतालु महिलाहरुलाई साडी वितरण गर्दै घरदैलो अभियान समेत गरेपछि उनको चर्चा परिचर्चा जिल्लाभर चलेको थियो।
आफू राजनीतिक पृष्ठभूमिको व्यक्ति भएको र आफ्नो गाउँ समाजमा आफूले सकेको सेवा र सहयोग गर्न पाउँदा आफूलाई गर्व महसुस भएको उनको भनाइ रहेको छ ।