प्राइम खबर संबाददाता | माघ १५, २०७८ शनिबार

सडक विस्तारका क्रममा निर्माणाधीन नालीको खोँचमा परेर गैँडा मरेको घटनामा ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ पुर्जी जारी गरेको हो ।


निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जले अनुसन्धान अधिकृत तोकेर सो निर्माण कम्पनीका सञ्चालक खड्कालाई पक्राउ पुर्जी जारी गरेको हो । निकुञ्जले सहायक संरक्षण अधिकृत राजु घिमिरेलाई अनुसन्धान अधिकृत तोकेको छ । गत आइतबार नालीको खोँचमा परेर गैँडा मरेको थियो ।



 नाली निर्माणको काममा ठेकदार कम्पनीको लापरवाहीको कारण अनाहकमा एकसिंगे गैंडा मरेको कारण देशलाई नै क्षति भएको भन्दै स्थानीयले ठेकदार कम्पनीलाई कारबाहीको माग गर्दै आएका थिए ।