प्राइम खबर संबाददाता | माघ ३०, २०७७ शुक्रबार

रौतहट  चन्द्रनिगाहपुरमा सोनाम ल्होछार बृहत सास्कृतिक कार्यक्रम सम्पन्न भएको  छ । विहिबार रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ६ स्थित  स्व. शेर बहादुर दर्लामी स्मृती खेल मैदानमा भएको सास्कृतिक कार्यक्रममा नेपाल आइडल बुद्ध लामा , नेपाली तारा सेकेन्ड रनरअप सुरेश लामा , तामाङ गीत तथा सेली बरिष्ठ गायक संजिव वाइबा , सुवास मोक्तान , प्रकाश तितुङ र पुजा बम्जन लगायत स्थानीय कलाकारले आ आफ्नो  प्रस्तुती दिएका थिए । राती अबेरसम्म सञ्चालन भएको  सो. कार्यक्रममा दर्शकहरुलाई सुरेश लामा र बुद्ध लामाले सांगीतिक माहोलमा कार्यक्रम स्थललाई साँझको चिसो समयमा संगीतको माध्यमबाट  दर्शकहरूलाई  तताएका थिए । 


​​​​​​
  मञ्जुश्री सम्वत २८५७ औं सोनाम ल्होछारको अवसरमा चन्द्रपुर नगर घेदुङद्वारा आयोजित सोनाम ल्होछार वृहत साँस्कृतिक महोत्सव कार्यक्रम घेदुङ नगर अध्यक्ष लाल बहादुर दोङ तामाङ्को सभाध्यक्ष र प्रदेश नम्बर २ का प्रदेश संसद मा. धनलाल ठोकर को  प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।





कार्यक्रम सम्पन्न गर्न विशेष भुमिका निर्वाह गर्नु भएकोमा कार्यक्रम मुल समारोह समितिका संयोजक रमेश गोले तामाङ, सहसंयोजक भुवल बहादुर वाईबा तामाङ लगायत कार्यक्रम सम्पन्न गर्न बिशेष भूमिका निर्वाह गर्दै सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई आयोजकले धन्यवाद ज्ञापन गरेको छ । उक्त  कार्यक्रम उपेन्द्र गोले र रोहित मोक्तानले मनोरञ्जनात्मक शैलीले सञ्चालन  गर्दा कार्यक्रमको रौनक अझ बढेको थियो ।