प्राइम खबर संबाददाता | माघ २३, २०७८ आइतबार

रौतहट जिल्लाको चन्द्रपुर वडा नं एकमा वडाका गरिव तथा बिपन्न परिवारलाई कम्बल बितरण गरिएको छ ।


नेपाली काग्रेस वडा समितिको आयोजनामा चन्द्रपुर नगरपालिका वडानम्बर १ मा सुकुम्बासी, गरिब र असहाय परिवारलाई कम्बल वितरण गरिएको हो । समाजसेवी एवं काग्रेस नेता बलराम राउतको पहल तथा कांग्रेस वडा सभापति श्रीराम न्यौपानेको संयोजकत्वमा वडाका २ सय ५० जना विपन्न परिवारलाई कम्बल वितरण गरिएको हो । कम्बल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति न्यौपाने र समाजसेवी नेता राउतले दिनदुखीहरुको सेवामा आफुहरु सदैब क्रियाशिल रहने बताएका छन् ।



कम्बल वितरण कार्यक्रमममा चन्द्रपुरका नगर प्रमुख रामचन्द्र चौधरीले नगरभित्रका बासिन्दाको जीबनस्तर उकास्न नेपाली कांग्रेस पार्टीको महत्वपूर्ण भुमिका निर्वाह गरेकोमा धन्यवाद व्यक्त गरेका छन् । शितलहर बाट जोगाउन कम्बल प्रभावकारी हुने भएकाले असहाय परिवार छनौट गरेर वितरण गरिएको नेता राउतको भनाइ रहेको छ । कार्यक्रमममा नेपाली सेनाको वीरदल गणका प्रमुख सेनानी राजन दाहालको आतिथ्यमा कम्बल वितरण गरिएको वडा सभापति न्यौपानेले बताए ।