प्राइम खबर संबाददाता | माघ २४, २०७८ सोमबार
रौतहटका युवा नेता गुप्ताले आफ्नो जन्मदिन विपन्न बस्तीमा गएर मनाएका छन् ।
नेकपा माओवादी केन्द्र रौतहटका प्रभावशाली युवा नेता मुकेश कुमार गुप्ताले आफ्नो ४३ औँ जन्मदिन मनाउन विपन्न तथा माओवादी जनयुद्दमा सहादत प्राप्त गरेका सहिद परिवारसँग बसेर मनाएका छन् ।
आईतबार जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर १० स्थित श्रीनगर खोरमा गएर नेता गुप्ताले विपन्न परिवारलाई कम्बल वितरण गरेका छन् । कम्बल वितरण सँगै उनले सो स्थानका बाल बालिकाहरूलाई खाद्यान्य सामाग्री समेत वितरण गर्दै आफ्नो जन्मदिन मनाएको नेता गुप्ताले बताएका छन् ।
जन्मदिनको उपलक्ष्यमा गरिने तडकभडक र फजुलमा गरिने खर्च रकमले बरु द्वन्द पीडित, असहाय एबम् विपन्न परिवारलाई सानै भएपनि सहयोग गर्न पाउँदा आफूलाई अत्यन्तै खुसी महसुस भएको नेता गुप्ता बताउँछन् ।
नेकपा माओवादी केन्द्र वडा समितिको समन्वयमा नेता गुप्ताले उक्त वडामा समाजसेवाको कामलाई निरन्तरता दिँदै आएका छन् । जाडो बढेर सितलहर चलेको बेला समेत केही हप्ता अघि नेता गुप्ताले वडाका विभिन्न टोल टोलमा पुगी विपन्न परिवारलाई एक एक थान कम्बल वितरण गरेका छन् । नेता गुप्ताको जन्मदिन मनाउने तरिकाले उनको गाउँमा मात्र नभई सिंगो नगर पार्टीमा समेत हलचल मच्चिएको छ । माओवादी नेताहरुको चहलपहल अन्य वडामा सुन्य झै रहेको अवस्थामा नेता गुप्ता भने दिनहुँजसो गाउँ समाजमा हुलमिल हुँदै सामाजिक सेवामा लागेर गतिलो उदाहरणको पात्र भएको स्थानीयहरु बताउँछन् ।