प्राइम खबर संबाददाता | माघ २८, २०७८ शुक्रबार
तुलसीपुरमा भीषण आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ । तुलसीपुर बजारमा रहेको जुत्ताचप्पल गोदाममा भीषण आगलागी हुँदा आगलागीमा परी पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दाङ प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ स्थित इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले भवनमा मध्यरातिभएको आलगागीमा परि पाच जनाको मृत्यु भएको हो ।
लामो प्रयासपछि आगो नियन्त्रणमा आएपछि मानवीय क्षतिबारे जानकारी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन् । घटना स्थलबाट प्रहरीले चार पुरूष सहित एक बालिकाको शव निकालेको छ । शवलाई अस्पताल पठाइएको छ। मृतकहरुको पहिचान खुल्न सकेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको नेतृत्वमा जिल्ला सुरक्षा समिति पुगेको श्रोतले बताएको छ ।