प्राइम खबर संबाददाता | फागुन १८, २०७८ बुधबार
रौतहटको कटहरियामा एक वृद्धको करेन्ट लागेर मृत्यु भएको छ ।
कटहरिया नगरपालिका स्थित हंथियाही गाउँमा रहेको आफ्नै मकैबारीमा मोटरबाट सिंचाई गर्ने क्रममा करेन्ट लागेर स्थानीय ६२ वर्षीय हरिनारायण राउत बरैको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार बिहान करिब साढे सात बजेतिर मकैबारीमा पानी पटाउन लाग्दा नाङ्गो तार छुन पुगेपछि बरैको घटनास्थलमै मृत्यु भएको स्थायी प्रहरी चौकी छेदिचौकका प्रमुख असई गणेश यादवले बताए ।
मृतकको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।