प्राइम खबर संबाददाता | फागुन २२, २०७८ आइतबार

प्रेस चौतारी नेपाल मधेश प्रदेश कमिटीको अध्यक्षमा रौतहटका फणी महत चयन भएका छन । चन्द्रपुर स्थित होटल आरोहीमा शनिबार  सम्पन्न प्रथम अधिवेशनले महतलाई सर्वसहमत अध्यक्षमा चयन गरेको हो । अधिवेशनबाट चौतारीको २७ सदस्यीय कार्यसमिति सर्वसहमत चयन भएको छ ।


नब गठित कार्यसमितिको उपाध्यक्षमा अनिल तिवारी र अर्चना परियार, महासचिवमा गौतम श्रेष्ठ, सचिवमा भगलु मण्डल र ज्ञासु देवान तथा कोषाध्यक्षमा जितेन्द्र साह चयन भएको निर्वाचन मण्डलका अध्यक्ष मोहमद लालबाबुले जानकारी दिएका छन् । उनी  प्रेस चौतारी नेपाल मधेश प्रदेशका ईन्चार्ज समेत हुन्  । त्यसैगरी सदस्यहरुमा रामपुकार राउत, बिना राउत, बिजय पटेल लगायत रहेका छन । नवगठित कार्यसमितिलाई बधाई दिदै उनलले संस्थालाई श्रमजीवी पत्रकारहरुको हकहितको रक्षाको लागि एक भएर लाग्न भन्दै रौहतट शाखालाई उत्कृष्ट शाखा बनाउन सबै एक भएर लाग्नुपर्नेमा जोड दिएका छन्  । नवनिर्वाचित अध्यक्ष महतले आफू र आफ्नो संगठन श्रमजीवी पत्रकारहरुको अधिकारको लागि लड्ने जनाउदै पत्रकारहरुलाई पेशागत दक्षता र सुरक्षाको लागि पहल गर्ने प्रतिवद्धता जनाए ।
नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्यितामा भएको कार्यक्रममा चौतारीका प्रदेश ईन्चार्ज लालबाबु शेष,नेकपा एमालेकी नेतृ  रेखा झा, एमाले रौतहट जिल्ला ईन्चार्ज उपेन्द्र साह, केन्द्रीय सदस्य उद्घब रेग्मी, कुन्दन कुशवाहा,  नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरी लगायतको विशष्ट अतिथ्यता रहेको थियो ।
कार्यक्रममा एमाले जिल्ला अध्यक्ष त्रिभुवन साह नेपाल पत्रकार महासंघ मधेस प्रदेश सदस्य शैलेन्द्र झा, प्रेस चौतारी नेपाल केन्द्रीय लेखा समिति सदस्य रमेश तिमल्सिना प्रेस सेन्टर रौतहट जिल्ला अध्यक्ष डिल्ली बहादुर कार्की, नेकपा एमाले रौतहट जिल्ला सचिव बाल बिक्रम कार्की, नेकपा एमाले चन्द्रपुर नगर कमिटी उपाध्यक्ष, राजेन्द्र तिवारी लगायतको आतिथ्यता रहेको आयोजकले जानकारी दिएको छ ।