प्राइम खबर संबाददाता | फागुन २३, २०७८ सोमबार

हाम्रो समाजले  डाक्टरलाई भगवानरुपी मानबको रुपमा लिने गर्दछन्  तर कतिपय यस्ता डाक्टर पनि छन जसको लापरवाहीका कारण  विरामीले ठुलै मूल्य चुकाउनु पर्ने हुन्छ यस्तै घटना रौतहट जिल्लामा घटेको छ ।  जिल्लाको दुर्गा भगवती गाउँपालिका स्थित सरकारी अस्पतालका डाक्टरहरुको चरम  लापरवाहीका कारण सुत्केरी महिलाको पेटमा स्टिच निडिल सुई छुटेको घटना सार्वजनिक भएको छ । 
  दुर्गा भगवती गाउँपालिका वडानम्बर १ स्थित छतवनाकी  अम्बिका महतोको अप्रेशन गर्ने क्रममा डाक्टर सन्जित कुमार साह नेतृत्वका चिकित्सकहरुको टोलीले पेटमा दुईवटा स्टिच निडिल सुई छुटाएका छन । अम्बिकालाई प्रसब  पीडा भएपछि उनका परिवारले रौतहटको गंगा पिपरामा रहेको सरकारी अस्पतालमा भर्ना गरेका उनका आफन्तले बताए । उनलाई डाक्टर संजितकुमार साह नेतृत्वको टोलीले अप्रेशन गरेको  उनको श्रीमान जितेन्द्र महतोले बताएका छन्  । उनका अनुसार श्रीमती अम्बिकाको अप्रेसन गर्ने क्रममा डाक्टरहरुले पेटमा दुईवटा स्टिच निडिल सुई छुटाएका हुन् ।           
  शल्यसक्रिया सकेपश्चात ति डाक्टरले टाँका लगाउने स्टिच निडिल सुई पेटमै भुलेको बताएका थिए । पेट भित्रै स्टिच निडिल सुई छुटेपछि अप्रेसन गरेको केही घण्टामै सुत्केरी महिलाको पेटमा असह्य पीडा भएको र डाक्टरहरुकै आग्रहमा नै एम्बुलेन्स मगाएर अम्बिकालाई चनद्रनिगाहपुर स्थित चन्द्रपुर अस्पताल प्रा।लिमा पुर्याएका महतो परिवारले  बताए ।
      चन्द्रपुर अस्पतालका प्रमुख डाक्टर सुबास कुमार चौधरीका अनुसार सोमबार बिहान पिडित महिलाको पेटको पुनः अपरेसन गरेर पेटभित्र छुटेको अबस्थामा रहेको  २ थान स्टिच निडिल सुई निकालिएको बताएका छन् । पुनः शल्यक्रिया पश्चात  महिला र बच्चा दुबैको अवस्था सामान्य रहेको चन्द्रपुर अस्पताल प्रा.लि.ले जनाएको छ ।