प्राइम खबर संबाददाता | फागुन २४, २०७८ मंगलबार
अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर रौतहटमा क्रियाशील रहेको मेची महाकाली बुहारी संयुक्त आवाज संस्थाले विविध कार्यक्रम गरी मनाएको छ ।
मंगलबार ११२ औँ अन्तराष्ट्रिय नारी दिवस कार्यक्रम भव्यताका साथ चन्द्रपुर वडा नंबर १ स्थित मंगलपुरमा सामाजिक सेवा गर्ने सबै क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थालाई समेटेर सम्मान गर्दै मनाइएको सो संस्थाका मधेश प्रदेश संयोजक पूजा पाठक तिमल्सिनाले जानकारी दिएकी छिन् । महिलाहरुको सवलिकरण सशक्तिकरण र समानताको लागि सामाजिक न्याय र लैंगिक समानता , दिगो विकास र सुनिश्चितता भन्ने मूल नाराको साथ विभिन्न संघ सस्थाको आयोजनामा ११२ औ अन्तर्राष्ट्रिय नारी दिवस मनाईएको हो ।
रौतहट क्षेत्र नम्बर ४ का संघीय सांसद समेत रहेका नेपाली कांग्रेसका नेता देव प्रसाद तिमल्सिनाको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा विभिन्न महिला अधिकारको क्षेत्रमा विशेष योगदान पुर्याएका विभिन्न तह र तप्काका ३२ जना व्यक्तित्वहरूलाई आयोजक संस्थाले सम्मान गरेको संयोजक तिमल्सिनाले बताएकी छिन् । त्यसैगरी कार्यक्रमममा सहभागी महिलाहरु र आयोजक संस्थाका पदाधिकारीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम सहित नाचगान गरेर मनाएका हुन । वर्षदिनमा आउने नारी दिवसले समाज रुपान्तरणमा महिलाको भूमिका महत्वपूर्ण रहेको भन्दै खुशी साथ मनाउन पाएको र यसको लागि बुहारी आवाजले अवसर दिलाएको कार्यक्रमममा सहभागी महिलाहरु बताउँछन् । घर -परिवार र चुलो चौकोमा सीमित गृहिनीहरु समेत पछिल्लो समय मेची महाकाली बुहारी संयुक्त आवाज नामक संस्थाले रौतहट लगायत मधेश प्रदेशमा गरेको सक्रियता एबम् अधिकारको सिलसिलामा पुर्याएको योगदान उच्च प्रशंसायोग्य रहेको कार्यक्रमका विशिष्ट अथिती समेत रहेका चन्द्रपुर नगरपालिकाका उपप्रमुख रामरती चौधरीले बताइन् ।
कार्यक्रम भब्य एबम् सभ्य रूपले सम्पन्न भएको र कार्यक्रमममा महिलाहरुको उपस्थिति बाक्लो रहेको आयोजक संस्थाले बताएको छ । कार्यक्रमममा सहसो संस्थाको सर्लाही जिल्ला संयोजक अञ्जन पन्त कडरिया, महिला नेतृ लक्ष्मी बराल ,गीता भारती, झरना आचार्य,रुपा ठोकर लगायत दर्जनौ महिला अधिकारकर्मीहरुको आतिथ्यता रहेको संयोजक तिमल्सिनाले जानकारी दिएको छिन । कार्यक्रमममा विभिन्न सेवा र क्षेत्र सँग आबद्ध १० जना व्यक्तित्वलाई मायाको चिनो समेत प्रदान गरिएको आयोजक संस्थाले बताएको छ ।