प्राइम खबर संबाददाता | फागुन १, २०७७ शनिबार

पर्सा  जिल्ला प्रहरी कार्यालय पर्साले  हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  वीरगञ्ज महानगरपालिका– २५ सिर्सिया बस्ने २४ वर्षीय रामा साह भन्ने उपेन्द्र साह छन्। 


​​​​​​
विशेष सूचनाका आधारमा कटुवा पेस्तोलसहित उनलाई बिहीबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिएका छन्। पक्राउ परेका  साह बिआर ५ एएफ ४६४७ नम्बरको मोटसाइकलमा भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा शंका लागि प्रहरीले चेकजाँच गरेको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।