प्राइम खबर संबाददाता | फागुन २९, २०७८ आइतबार
कृष्णा गिरी
पश्चिम नवलपरासी जिल्लाकाे सु्स्ता गाउपालिका वडा न ५ रामनगर बस्ने १८ वर्षका अजय राजभर गएको शुक्रबार देखि बेपता भएका युवक आज (आईतबार) मृत अवस्थामा फेला परेका छन ।
प्रहरीले खाेजतलास गर्दै जादा हराएका उनि चार दिनपछि मृत अवस्थामा नारायणी नदिमा तैरिदै गरेकाे अवस्था भेटिएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी प्रेम बहादुर शाहिले बताए ।
बेपता भएका राजभरकाे खाेजि गरिदिनका लागि उनका आफन्तले प्रहरीलाई जानकारी गराएपछि नवलपरासी प्रहरी निकै सक्रियताका साथ खाेजतलासका लागि परेकाे थियाे ।
' हराएकाे जानकारी पाउना साथ नवलपरासीका प्रहरी टिम निकै सक्रियताका साथ खाेजि कार्यमा लागि परेका थियाै साेहि अनुसार आज लास भेटाउन सफल पनि भयाै' सुचना अधिकारी शाहिले बताए ।
उता सशस्त्र प्रहरी बलले पनि निकै सक्रियताका साथ खाेजि कार्यमा निरन्तरता दिएकाे थियाे।खाेजिकार्यलाई प्रभावकारी बनाउन जिल्ला सुरक्षा समिति नवलपरासी काे बैठक बसि गरेकाे निर्णय अनुसार सशस्त्र प्रहरी बल २६नम्बर गण बेलासपुर पश्चिम नवलपरासीकाे माध्यम बाट प्रदेश स्तरीय बिपत ब्यवस्थापन गाेताखार टिम ल्याई हिजाे दिभरि नारायणी नदिमा खाेजतलास कार्य गरिएकाे थियाे।
आईतबार लास मात्र भेटिएकाे सशस्त्र प्रहरी बल २६ न. गण का सुचना अधिकारी माधव रेग्मीले जानकारी दिए ।