प्राइम खबर संबाददाता | चैत १२, २०७८ शनिबार

जनता समाजवादी पार्टी नेपालको केन्द्रिय सदस्य एवम् संघीय संसदीय दलका प्रमुख सचेतक प्रमोद साह माथि संघातीक हमला भएको छ ।
सर्लाही जिल्लाको इश्वरपुर नगरपालिका स्थित बयलबास बजारमा  सांसद प्रमोद साहमाथि भएको संघातीक हमलामा उनको  गार्डलाई समेत हमला हुँदा उनको सुरक्षामा रहेका सुरक्षा गार्ड समेत  घाइते भएका छन्  । साह अहिले अचेत अवस्थामा रहेका छन् ।  प्राथमिक उपचार भइरहेको अवस्था छ साथै थप उपचारको लागि बाहिर लैजाने तयारी रहेको प्रहरी स्रोतले बताएको । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।