प्राइम खबर संबाददाता | चैत १२, २०७८ शनिबार
नेपाल कम्युनिष्ट पार्टि एसको भातृ संगठनको रुपमा रहेको अखिल नेपाल महिला संघ एकिकृत समाजवादिको गौर नगरपालिका वडा नम्बर ४ को वडा कमिटि गठन भएको छ ।
पार्टिका मधेश प्रदेश कमिटि सदस्य तथा गौर नगरपालिकाका नगर प्रमुखमा दाबी गरिरहेका समाजवादी नेता शम्भु साहको प्रमुख आतिथ्यमा सो कमिटि गठन भएको हो ।
शनिवर शसी सिलवालको अध्यक्षतामा गठन भएको १ सय ५१ सदस्यि सो कमिटिले आउने निर्वाचनमा पार्टिको लागी ईमान्दारीता पूर्वक प्रतिफल दिने प्रतिवद्धता गरेको छ । शनिवार एक कार्यक्रम बिच गठन भएको सो वडा कमिटिमा सहभागी सयौंको संख्यामा रहेको महिलाहरु लाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी नेता साहले पछिल्लो ४ वर्षमा स्थानिय सरकारले भ्रष्टाचारलाई मात्रै बढावा दिएको आरोप लगाएका छन् ।आगामी निर्वाचनमा आफ्नो पार्टीका उम्मेद्वारहरुलाई जिताउन अपील समेत गरेका छन् ।