प्राइम खबर संबाददाता | फागुन १, २०७७ शनिबार

रौतहट -  रौतहटको चन्द्रनिगाहपुरमा राष्ट्रिय कराँते प्रतियोगिताको आयोजना हुने भएको छ । प्रजातन्त्रको दिवसको अवसर पारेर सो प्रतियोगिता आउँदो फागुन ७ गते देखि  ८ गते सम्म चन्द्रपुर ४  चन्द्रनिगाहपुर स्थित तुलसीलाल स्मृती खेलमैदान कबर्ड हलमा हुने आयोजक नेपाल सितोरियो कराँते संघ रौतहटले जानकारी दिएको छ ।​​​​​


चन्द्रपुर नगरपालिका मुख्य प्रायोजन रहेको प्रतियोगितामा पुरुष कराँते खेलाडीको मात्र सहभागिता रहने नेपाल सितोरियो कराँते संघ रौतहटका अध्यक्ष अशोक पहाडीले जानकारी दिएका छन ।
प्रतियोगितामा हरेक जिल्ला छनौट हुँदै प्रदेश छनौट भएर आएका पुरुष  २५,३०,३५,४०,४५,५०,५५,६०,६५ किलो तौल समूह र एकल काताको खेल हुनेछ । प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद तीन हजार दोस्रो हुने नगद दुई हजार र तेस्रो हुने खेलाडीले नगद एक एक हजार सहित प्रमाणपत्र र मेडल समेत  प्राप्त गर्ने आयोजकले बताएको छ । 



​​​​​​सातै प्रदेशका सात टिम र आयोजक टिमका खेलाडीले प्रतियोगितामा भाग लिने छन् । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक पहाडीले जानकारी दिएका छन् ।