प्राइम खबर संबाददाता | चैत २१, २०७८ सोमबार

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट भातृ संगठन योङ कम्युनिष्ट लिग नेपाल(वाइसिएल) चन्द्रपुर नगरको प्रथम नगर सम्पन्न भएको छ । सोमबार सम्मेलनको उदघाटन कार्यक्रमका प्रमुख अथिती वाइसिएलका केन्द्रिय इन्चार्ज रामप्रसाद सापकोटा (दिपशिखा)ले गरेका हुन् ।

  माओवादीको नगर पार्टी कार्यालयबाट निस्किएको  जुलुसमा वाइसिएलका कार्यकर्ता  सहित पार्टीका कार्यकर्ताहरुले चन्द्रपुर नगर परिक्रमा पछि शहीद स्मृति पार्कमा पुगेर सम्मेलनमा परिणत भएको थियो । उक्त  सम्मेलनमा  शुभकामना मन्तव्य राख्दै प्रमुख अथिति माओवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका वाइसिएलका केन्द्रिय इन्चार्ज सापकोटाले वाइसिएलले २०६४ सालको जसरी काम गरेर देखाउनु पर्ने बताए । माओवादीले संघर्ष गरेर ल्याएको शासन व्यवस्थामा एमालेको कुनै योगदान नरहेकोले उनीहरुलाई जनतामाझ भ्रमको खेति छर्न खोजेको प्रति आक्रोश पोख्दै इन्चार्ज दिपशिखाले अव जनतालाई प्रलोभन देखाउने, गुमराहमा पार्न खोज्ने र निर्वाचनको समयमा आएर  फकाउन खोज्नेको करङ भाच्न निर्देशन दिएका छन् ।   माओवादीले ल्याएको आमूल परिवर्तनलाई पाखा लगाएर अगाडि बढ्न खोज्ने प्रतिक्रियावादी तत्वलाई समयमै ठेगान लगाउनुपर्ने उनको भनाइ रहेको थियो । 



   माओवादीको साथ विना कुनै पनि पार्टीले काम गर्न नसक्ने बताउँदै माओवादीले साथ छोड्दा एमालेका अध्यक्ष खड्ग ओली बालकोटको बार्दलीमा पुगेको बताए । समय समयमा ओलीले चिच्याई चिच्याई सवै दल एकातिर एमाले एकातिर भनेर विभिन्न संचारमाध्यममा बोलेको प्रति व्यङ्ग्य गर्दै  दिपशिखाले जव मान्छेलाई ठूलो समस्या पर्छ तव चिच्याउने गर्छ  यतिखेर एमाले राजनीतिक रुपमा ठूलो समस्यामा परेकोले दुःख भुल्न भएपनि ठूलो स्वरमा कराएको बताए । 

कार्यक्रमका विशिष्ट अतिथी माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज युवराज भट्टराई समिरले अव वाइसिएल आक्रामक हुनुपर्ने बताए ।  २०६४ सालमा भएको निर्वाचनमा वाइसिएल गरेको राम्रा काम र प्रतिक्रियावादी हरुको गलत कामको भण्डाफोर र प्रतिवाद गरेकै कारण माओवादीले उल्लेख्य परिणाम ल्याएको  ईन्चार्ज भट्टराईले बताए । अव हरेक जनताको घर दैलोमा पुगेर माओवादी केन्द्रका विरुद्धमा भ्रम फैलाउने विरुद्ध आक्रामक हुन  निर्देशन उनले दिएका छन् । उनले वाइसिएलले अन्य पार्टीले गरेको गलत कामको भण्डाफोर गर्दै पार्टीले गरेको राम्रो कामको जनतालाई बुझाउन सक्नुपर्ने बताए  । पार्टीका जिल्ला अध्यक्ष देवेन्द्र पटेलले रौतहटमा २०६४ सालको निर्वाचनमा आफुले चुनाव जित्दा वाइसिएलको योगदान रहेको चर्चा गर्दै वाइसिएलले अवको स्थानीय निर्वाचनमा पार्टीलाई जिल्लामा सवैभन्दा बढी स्थानीय तहमा निर्वाचन जिताउने जिम्मेवारी रहेको बताए । 

कार्यक्रममा  पार्टीका केन्द्रिय सदस्य वहिद अन्सारी, केन्द्रिय लेखा आयोग सदस्य एकराज थापा, मधेश प्रदेश सदस्य वीर बहादुर गोले, देवकी नेपाल, वाइसिएल मधेश प्रदेश संयोजक सन्देश श्रेष्ठ, वाइसिएलका केन्द्रिय सदस्य कमला पाण्डे, वाइसिएलका पुर्व केन्द्रिय सदस्य अमित श्रेष्ठ,वडा नं. २ का वडा अध्यक्ष दुत्त बहादुर थिङ, वडा न. ३ का वडा अध्यक्ष बोधनाथ देवकोटा(रवि) लगायतको उपस्थिति रहेको थियो । 

सोमबार नै  सम्पन्न  वाइसिएल चन्द्रपुर नगर सम्मेलनबाट रमेश गोलेको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी चयन गरेको छ । तत्काल ५३ सदस्यीय नगर कमिटी घोषणा भएपनि पछि नगर कमिटीलाई पूर्णता दिने बताइएको छ । कमिटीको उपाध्यक्षहरुमा बाबु घिसिङ, केशव अर्याल, मान बहादुर स्याङ्तान, सुवास राउत,विक्रम थापा रहेका छन्  भने सचिवमा राजु गिरी, कोषाध्यक्ष सुताजा गुरुङ, सह सचिव रमेश साह लगायत चयन भएको माओवादी चन्द्रपुर नगर सचिव सरोज कुमार बछारले बताए ।

​​​​​​