प्राइम खबर संबाददाता | चैत २४, २०७८ बिहिबार

नेकपा एकीकृत समाजवादी पार्टीले रौतहटको राजदेवी नगरपालिकामा मेयर र उपमेयर पदको उम्मेदवारको टुंगो लगाको छ ।

बिहीबार एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको रोहबरमा आगामी स्थानीय तहको चुनावको लागि मेयर र उपमेयर पदको उम्मेदवार टुंगिएको छ । एकीकृत समाजवादी पार्टीले राजदेवी नगरपालिकाको प्रमुख पदमा भिखारी प्रसाद यादव र उपप्रमुखमा राजकुमारी देवी साह तेलीलाई सर्वसम्मत चयन गरेको हो ।



समाजवादीले रौतहटको गौर र राजदेवी नगरपालिकामा गठबन्धनको तर्फबाट मेयर र उपमेयर पदको दाबी गर्दै आएको छ । अध्यक्ष नेपाल स्वयं नै उपस्थित भएर उम्मेदवारको टुंगो लगाएपछि  राजदेवी नगरपालिकाको प्रमुख र उपप्रमुख पद नेकपा एसले पाउने निश्चित भएको स्थानीयले अनुमान  गरेका छन् ।