प्राइम खबर संबाददाता | चैत २५, २०७८ शुक्रबार

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा रौतहटको चाँदी खोला किनारमा शसस्त्र प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको छ।


शुक्रबार बिहान करिब ५ बजेको समयमा जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित गैंडाटार जाने बाटोमा रहेको चाँदी खोलाको किनारबाट एक थान कटुवा पेस्तोल बरामद भएको हो।



बेवारिसे अवस्थामा जंगल क्षेत्रमा पर्ने उक्त स्थानमा बरामद भएको उक्त पेस्तोल खिया लागेको अवस्थामा रहेको प्रहरीले जनाएको छ । शसस्त्र प्रहरी बेश क्याम्प सन्तपुरका प्रमुख डिएसपी योगेश दाहालले बरामद भएको उक्त पेस्तोल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका बुझाइ बिशेष अनुसन्धान भइरहेको बताए ।