प्राइम खबर संबाददाता | चैत २८, २०७८ सोमबार

स्थानीय तहको चुनाव नजिकिए संगै रौतहटको फतुवा बिजयपुर नगरपालिका स्थित वडा १० को उम्मेदवार को बन्ला भनेर घरदेखि टोलका चोक–चोकमा चुनावी बहस हुन थालेको छ ।


विगतमा नेतृत्व लिन सफल नभएका नेताहरु यसपटक जसरी पनि नेतृत्व हत्याउने रणनीतिमा लागेको देखिन्छ । यस्तै रौतहटको फतुवाबिजयपुर नगरपालीकामा पनि माओवादी केन्द्रका युवा नेता जेन लामाको नाम अहिले दुधिअवा गाउँ सहित नगर क्षेत्रमा समेत चर्चामा रहेको छ ।



बौद्धिक ,क्षमतावान र नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने युवा नेता लामा दुधिअवा गाउँमा बिकासप्रेमी जनप्रतिनिधि नेताका रुपमा समेत परिचित छन । आफुले पाएको जिम्मेवारी राम्रोसँग निर्वाह गरेर पार्टीको हितमा सदैव कटिबद्ध रहने घोषणा गरेका उनि कार्यकर्ता सँगै जनता माझ पनि लोकप्रिय रहेका छन । विद्यार्थी नेताबाट सक्रिय राजनीतिमा लागेका उनि प्रस्ट वक्ताका रूपमा समेत चिनिन्छन ।

स्थानीय तहको निर्वाचन २०७४ मा लोकप्रिय मत ल्याएर वडा सदस्यमा निर्वाचित लामा उदयमान नेताको रूपमा वडामा परिचीत छ्न । आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो वडामा माओवादी केन्द्रबाट लामाले आफ्नो उमेदवारी दाबी गरेका छन । माओवादी केन्द्र पार्टीको तर्फबाट आफू सबैभन्दा बलियो उम्मेदवार रहेको नेता लामाको दाबी रहेको छ । दुधिअवाको विकाशमा आफ्नो छुट्टै पहिचान बनाएका लामाले वडामा सिचाई, प्रदेश सरकार ,शहरी बिकास मन्त्रालय मार्फतको योजनाहरु ल्याएर काम गराउदै आएका छन ।



स्थानीय सरकार भनेको विकास,समृद्धि र सुशासनको अनुभूति प्रदायक संस्था भएकोले दुधिअवाले आफ्नो आवश्यकता महसुस गरेर उमेदवारी दाबी गरेको उनले बताए । दुधिअवा क्षेत्रमा अरु नेताको भन्दा धेरै विकास बजेट ल्याएर काम गरेको युवा नेता लामाले ठोकुवा गरेका छन् ।

लामा बिद्यार्थी राजनीतिबाट राजनैतिक यात्रा सुरु गरेका उनको माओवादी जनयुद्दमा पनि विशेष योगदान रहेको छ । उनी सहिद परिवारका सदस्य पनि हुन ।

 वडा अध्यक्ष पदका आकांक्षीहरु मध्ये बलियो र जनमतको आधार स्पष्ट भएको उम्मेदवारको रुपमा आफू नै रहेका लामाको दाबि यथावत रहँदा देशभर अहिले परिवर्तनको लहर चलेको अवस्थामा हरेक क्षेत्रमा युवाको आकर्षण बढ्दो छ । नेतृत्वमा समेत युवाहरुलाई तमाम कार्यकर्ताले रुचाएका कारण अब नेतृत्व लिने पालो युवाका आएको हुँदा पार्टीले पनि टिकट उनलाई नै दिनेमा आफूहरु विश्वस्त रहेको स्थानीय माओवादी कार्यकर्ताहरु समेत बताउँछन् ।