प्राइम खबर संबाददाता | चैत २९, २०७८ मंगलबार
बाराको कोल्हवीस्थित वन क्षेत्रमा बाघको आक्रमणमा परि एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नंबर १६ टांगियाबस्तीका ३१ वर्षिय सुरेश मगरको रहेका छन् ।
जिल्लाको कोल्हवी नगरपालिका–२ स्थित तामागढी साझेदारी वन क्षेत्रमा घाँस काट्न गएका सुरेशलाई सोमबार दिउँसो ३ बजे बाघले आक्रमण गरेर गम्भिर घाईते बनाएको थियो ।
गम्भिर घाईते सुरेशलाई उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव पोष्ट मार्टमको लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिएका छन् ।