प्राइम खबर संबाददाता | चैत २९, २०७८ मंगलबार

स्थानीय तह निर्वाचनका लागि रौतहट स्थित चन्द्रपुर नगरपालिकाका भावी मेयर र उपमेयर पदका लागि उम्मेदवार बन्न नेपाली कांग्रेसबाट दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् ।

चन्द्रपुर स्थित एक होटलमा बसेको कांग्रेस नगर कमिटी बैठकमा मेयरका लागि १२ जनाले र उपमेयरका लागि ७ जनाले उम्मेदवार बन्न इच्छुक रहेको भन्दै चन्द्रपुर नगरपालिकाको भावी नेतृत्वको लागि पार्टीबाट टिकट दाबी गरेका हुन् ।



  टिकटको लागि आकांक्षीहरुमा मुकेश गिरी, सूर्यबहादुर थापा, अधिकलाल चौधरी, जितेन्द्र चौधरी, अजयकुमार साह, सपुतबहादुर कार्की, केदार थापा, अनन्त कोइराला, रामचन्द्र चौधरी, रमेशहरि भट्टराई, सञ्जय काफ्ले र तारा सापकोटाले मेयरका लागि कांग्रेसको तर्फबाट उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका हुन् । धेरै जाना उम्मेदवार हुँदा नेतृत्वलाई उम्मेदवार चनौ गर्न मुस्किल झै देखिएको छ । गिरी नगर सभापति हुन भने रामचन्द्र चौधरी वर्तमान मेयर हुन । यसैगरी अर्का आकांक्षी काफ्ले वडा अध्यक्ष हुन् ।

   यसैगरी, उपमेयरका लागि लक्ष्मी बराल, गीता भारती, सीता गौतम, जयमाला चौधरी, सरस्वती गिरी र तुलसा कोइरालाले उम्मेदवारी दाबी गरेका हुन् । मेयर र उप मेयर पदमा उम्मेदवार बन्न आकांक्षी बीच सहमति जुट्न सकेको छैन जिल्लामा विवाद कायम नै भएको खण्डमा कांग्रेसका मधेश प्रदेश सभापति कृष्णा प्रसाद यादव समक्ष उम्मेदवारको टुंगो लगाउन सिफारिस पुग्ने कांग्रेस कार्यकर्ताहरु बताउँछन् । प्रदेश समितिबाट नै नगर प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाउने व्यवस्था विधानमा समेत भएको हुँदा विधान संवत् हुनेमा आफूहरु स्पष्ट रहेको उप प्रमुख दाबेदार लक्ष्मी बरालले जानकारी दिएकि छन् ।