प्राइम खबर संबाददाता | चैत २९, २०७८ मंगलबार

रौतहटमा नेपाली कांग्रेसका वडा सभापति नेत्र बहादूर कुस्वारले अग्नि पीडित परिवारलाई राहत सामग्री सहयोग गरेका छन् ।

जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित रहेको नहर डाँडामा अवस्थित सुमित्रा पहरीको घरमा गत विहिबार दिउँसो अचानक विद्युत सर्ट हुँदा आगो लागेको थियो । आगलागीमा परी घर पूर्ण रूपले जलेर नष्ट हुँदा घरमा रहेको अन्न, लत्ता कपडा लगायत सम्पूर्ण सामग्रीहरू जलेर नष्ट भएको थियो ।

पीडित पहरीको परिवारलाई राहत स्वरुप तत्काल आवश्यक पर्ने खाद्यान्न सामग्रीहरू सहयोग गरिएको नेपाली कांग्रेस चन्द्रपुर वडा नम्वर ६ का सभापति नेत्र बहादुर कुस्वारले बताए । यस अघि पनि सभापति कुस्वारले पीडित पाहरीको परिवार लाई तत्काल घर निर्माण गर्न आवश्यक पहल गर्ने र घर निर्माणको तयारी गर्न प्रदेश सांसद धनलाल ठोकर मार्फत पहलकदमी गरेका थिए । पीडित लाई राहत र सहयोग निरन्तर जारी रहने समेत उनले बताएका छन् ।

पीडित परिवारको पीडामा मल्हम लगाउनको लागि सानै भएपनि सहयोग गरेको र सहयोग गर्न पाउँदा आफूलाई अत्यन्तै जिम्मेवारी बोध भई वडाका नागरिकहरुप्रती उत्तरदायित्व महसुस भएको कुस्वारले बताए । पीडितको परिवारमा खाध्यान अभाव भएको सुने लगत्तै सोमबार साझ खाध्यान सामग्रीहरू बोकेर  पीडित पहरीको घरमा पुगेका उनले भनेका छन् “ हाम्रो यस वडा नंबर ६ स्थित रहेको नहर टोलमा रहेको सुमित्रा पहरीको घरमा गएको बुधबार विद्युत शर्ट भई आगलागी हुँदा घर सहित घरमा रहेका सम्पूर्ण सामानहरू जलेर नष्ट भएको हुँदा पीडित परिवारको लागि आज पनि केही अत्यावस्यक खाध्यान सामग्रीहरू सहयोग राहत स्वरूप सहयोग गरेको छु। मैले वडा बासिको दुःख र पीडामा सानै भएपनि सहयोग गर्न पाउदा मेरो मन खुशी भइ एउटा सामाजिक धर्म ठानेको हुँदा आगामी दिनमा समेत थप सहयोग सहित पीडितलाई राहत प्रदानको क्रम निरन्तर गर्ने प्रतिबद्धता समेत गरेको छु ।“

उनको सामाजिक कार्यको अहिले वडा नंबर ६ का स्थानीय हरुले समेत प्रशंसा गरेका छन् । पीडित परिवारले समेत नेता कुस्वारको सहयोग प्रति हार्दिकता व्यक्त गरेको नेपाली कांग्रेसका युवा नेता संगम श्रेष्ठले  बताएका छन् ।